नेपाल कुरियर सेवा सङ्घको अध्यक्षमा सुवेदी निर्वाचित « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नेपाल कुरियर सेवा सङ्घको अध्यक्षमा सुवेदी निर्वाचित


२४ भाद्र २०८०, आइतबार


काठमाडौँ। नेपाल कुरियर सेवा सङ्घको अध्यक्षमा दुर्गाप्रसाद सुवेदी (दिपेश) निर्वाचित भएका छन् ।

शनिबार बसेको सङ्घको २९ औँ वार्षिक साधारण सभा एवम् कार्यकारिणी समितिको निर्वाचनबाट २३ सदस्यीय कार्यकारिणी समिति चयन भएको हो ।

निर्वाचनले १५ सदस्सीय कार्याकारिणी समिति, ७ सदस्सीय प्रदेश पदेन सदस्य र निवर्तमान गरी २३ सदस्यीय निर्वाचित भएको सङ्घले जनाएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा अनिल राजभण्डारी, उपाध्यक्षमा सञ्जय मण्डल, तिलाराज खतिवडा निर्वाचित भएका छन् ।

महासचिवमा राजकुमार सामरी, कोषाध्यक्षमा कृष्णप्रसाद नेपाल, सचिवमा प्रकाश सुवेदी र कोषाध्यक्षमा निञ्जना थापा चयन भएका छन् ।

सङ्घको केन्द्रीय सदस्यहरूमा निर्मर राठी, किरण थापा, मीना आचार्य, लक्ष्मण घिमिरे, सौरभ मैली, निशा आचार्य र रणदीपजंग रायमाझी निर्वाचित भए ।

Tags :
प्रतिक्रिया दिनुहोस