शरद ऋतुमा हिमाल आरोहणका लागि २८४ जनाले लिए अनुमति « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

शरद ऋतुमा हिमाल आरोहणका लागि २८४ जनाले लिए अनुमति


२४ भाद्र २०८०, आइतबार


काठमाडौँ। शरद ऋतुमा हिमाल आरोहण गर्न २८ टिमका २८४ जनाले अनुमति लिएका छन् ।

शुक्रबारसम्म ४४ मुलुकका नागरिकले हिमाल चढ्न अनुमति लिएका छन् । कुल ६ वटा हिमालका लागि आरोहण अनुमति जारी भएको छ ।

शरद ऋतुमा सगरमाथा भन्दा बाहेकका अन्य हिमालमा बढी चाप हुने गर्छ । यस सिजनका लागि नास्लुमा सर्वाधिक अनुमति जारी भएको छ । पर्यटन विभागका अनुसार यस वर्ष मनास्लुमा २३ टोलीका २६६ जना आरोहीले अनुमति लिएका छन् ।

यो सिजनका विभिन्न हिमालका लागि चीनबाट कुल ६७ जनाले आरोहण अनुमति लिएका छन् । जसमा १८ जना महिला छन् ।

अमेरिकाका ३० जनाले अनुमति लिएका छन् । जसमा महिलाको संखया ७ छ । रसियाबाट २६ जनाले अनुमति लिएका छन् । जसमा ४ जना महिला छन् । जापानका १५ जनाले अनुमति लिएकोमा ४ जना महिला छन् । फ्रान्सका १५ जना रहेकोमा २ जना महिला छन् । यो सिजनमा अनुमति लिने नेपाली आरोहीको संख्या ३ जना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस