यातायात विभागको महानिर्देशकमा सहसचिव रिजाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यातायात विभागको महानिर्देशकमा सहसचिव रिजाल


२४ भाद्र २०८०, आइतबार


काठमाडौँ । यातायात व्यवस्था विभागको महानिर्देशकमा सहसचिव उद्धवप्रसाद रिजाललाई नियुक्त गरिएको छ । 

आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मन्त्रीस्तरीय निर्णयमार्फत सहसचिव रिजाललाई महानिर्देशकको जिम्मेवारी दिएका छन् । रिजालले महानिर्देशकको पत्र बुझिसकेको र सोमबार हाजिर हुने मन्त्रालयले जनाएको छ ।

तत्कालीन महानिर्देशक नारायणप्रसाद भट्टराईको गृह मन्त्रालयमा सरुवा भएपछि यातायात महानिर्देशकविहीन थियो ।

विभागले डेढ महिनापछि महानिर्देशक पाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस