फार्मासिस्टको लाइसेन्स परीक्षामा ७६.०१ प्रतिशत विद्यार्थी अनुत्तीर्ण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

फार्मासिस्टको लाइसेन्स परीक्षामा ७६.०१ प्रतिशत विद्यार्थी अनुत्तीर्ण


२४ भाद्र २०८०, आइतबार


काठमाडौँ । नेपाल फार्मेसी काउन्सिलले लिएको २३औँ नाम दर्ता लाइसेन्स परीक्षामा ७६.०१ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

शनिबार भएको बी फार्मको परीक्षामा सहभागी ८३४ जनामध्ये छ सय ३४ जना विद्यार्थी अनुत्तीर्ण भएका छन भने २३.९८ प्रतिशत अर्थात् २०० जना विद्यार्थी उत्तीर्ण भएको परिषद्ले जनाएको छ ।

यसअघि काउन्सिलले लिएको फार्मासिस्टको २२औँ लाइसेन्स परीक्षामा २२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस