काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीलाई सात बुँदे लिखित सुझाव दिएको छ ।
अमेरिका र चीन भ्रमणमा जानुपूर्व प्रधानमन्त्रीहरुले पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग परामर्श गरेका थिए ।
सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा रास्वपा नेताहरुले सातबुँदे लिखित सुझाव दिएका छन् । ‘नक्साको विषयमा जनताले थाहा पाउने लेभलमा धारणा राख्नुपर्यो भनेका छौँ,’ रास्वपा नेता डोलप्रसाद अर्यालले बताए ।
दलहरूले आसन्न चीन भ्रमणमा यसलाई एजेन्डा बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन् ।