काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदवारमा पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, नेपाल सरकारका परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र मन्त्रीहरू लगायतसँग छलफलमा जुटेका छन् ।
