बागमती प्रदेश सभाको अवरोध खुलाउन सभामुख पाठकले बोलाए सर्वदलीय बैठक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बागमती प्रदेश सभाको अवरोध खुलाउन सभामुख पाठकले बोलाए सर्वदलीय बैठक


२४ भाद्र २०८०, आइतबार


काठमाडौँ । बागमती प्रदेश सभा बैठक सञ्चालनका आइतबार सर्वदलीय बैठक बस्दै छ । बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

गत असार २२ गते बजेट पारित गरेपछि बागमती प्रदेश सभाको बैठकको मिति तोकिए पनि बस्न सकेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमा विपक्षी दलहरूको माग सम्बोधन गर्ने सहमति गरे पनि पालना नगरेको भन्दै प्रदेश सभा बैठकमा अवरोध गर्दै आएको छ ।

सरकारले बजेट पास गर्ने वेलामा विपक्षी दलहरूका मागलाई बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरेको तर, अहिलेसम्म त्यस विषयमा कुनै पनि निर्णय नगरेको भन्दै एमाले असन्तुष्ट छ ।

सदनको अवरोध खुलाउने उद्देश्यले सभामुखले आज बोलाएको सर्वदलीय बैठकमा सरकार र विपक्षी दलबीच सहमति जुटे आजै बिहान ११ बजे प्रदेश सभाको बैठक बस्ने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस