२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मर्मत र सरसफाइपछि रौतहटसम्म पुग्यो गण्डक नहरको पानी

अ+ अ-

कलैया । क्षतिग्रस्त संरचनाको मर्मतसम्भार र सरसफाइपछि गण्डक नहरको पानी रौतहटसम्म पुग्न थालेको छ । 

नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जले पर्सा, बारा तथा रौतहटसम्मको ८१ किमी लम्बाइको नहर सरसफाइ तथा मर्मतसम्भार गरेपछि सिँचाइ सुविधा पुर्‍याइएको हो ।

नहरमा पानी उपलब्ध भएपछि सिँचाइको सुविधा उपलब्ध भएको छ । पर्सादेखि रौतहटसम्म १५ वटा ब्लक रहेको नहरको सम्पूर्ण ब्लकमा पानी पुगेको कार्यालयले जानकारी दिएको छ । 

विगतमा ११ नं ब्लक  बारासम्म मात्र नहरको पानी आउने गरेको थियो । कार्यालयले नहरको सरसफाइका साथै प्राविधिक निर्माण आफ्नै स्रोतसाधनबाट गरेको थियो भने मर्मतसम्भार भारतीय पक्षबाट गरिएको कार्यालयका  प्रमुख  मनोरञ्जनकुमार सिंहले जानकारी दिए ।

कार्यालयका अनुसार पर्सास्थित नेपाल-भारत सीमाभन्दा करिब २७ किमी पश्चिम भारतीय क्षेत्रको घोडहरा र कटरा नदी एकै स्थानमा मिसिएर बाढी आउँदा नहरको मूल संरचना करिब एक सय फिट बगाएको थियो । त्यसपछि  नहरमा उक्त नदीको बाढी पसेको र नेपालमा पानी आउन छोडेको  थियो । 

गण्डक नहर क्षतिग्रस्त हुनु अघिसम्म भारतीय पक्षले नहरमा सात सय  २४ क्युसेकसम्म  पानी दिने गरेको थियो । मर्मतपछि भारतीय पक्षबाट यस वर्ष पानी उपलब्ध गराएपछि नहरको १५ ब्लकसम्म पानी पुगेको हो ।

गण्डक ब्यारेजको निर्माण भारतले गरेकाले सञ्चालन पनि भारतीय पक्षले नै गर्दै आएको छ । नगरको पानी भारतीय पक्षले समेत लिने गरेको कार्यालयका सूचना अधिकरी सुरेश साहले जानकारी दिए । 

नगर निर्माणपछि सन् १९७५ र १९७६ मा दुई चरणमा गरी भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । नवलपरासीको भैसालोटनस्थित नेपाल-भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले गण्डक नहरमा पानी छोड्ने गरेको छ । 

गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीन जिल्लामा गरी ३७ हजार चार सय हेक्टर जमिन सिँचाइ सुविधा उपलब्ध भएको छ ।