पोखराबाट ४२ यात्रु लिएर फर्कियो भुटानको ड्रुक एयर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पोखराबाट ४२ यात्रु लिएर फर्कियो भुटानको ड्रुक एयर


२३ भाद्र २०८०, शनिबार


काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट व्यावसायिक उडान सुरु भएको छ ।

आज बिहान रोयल भुटान एयरलाइन्स (ड्रक एयर) को विमानले व्यावसायिक उडान भरेको हो ।

भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार बिहान ६:४५ मा पोखरा ओर्लिएको जहाज ४२ अमेरिकी पर्यटक बोकेर ८:१५ मा थिम्पु फर्किएको हो ।

सञ्चालनमा आएको ८ महिनापछि पहिलोपल्ट अन्तर्राष्ट्रिय उडानबाट विमानस्थललाई आम्दानी भएको विमानस्थल प्रमुख देवचन्द्रलाल कर्णले बताए । यसअघि चीनको सिचुवान एयरलाइन्सले छेङ्दुबाट चार्टर्ड उडान गरी पोखरा आएको थियो । उक्त विमान फर्किंदा रित्तै फर्किएको थियो ।

भारत, नेपाल र भुटान घुम्ने गरी आएका खर्चालु अमेरिकी पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस