आज यी प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आज यी प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना


२३ भाद्र २०८०, शनिबार


काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस