कोशीमा एमाले र काँग्रेसको सरकार बन्न सम्भव छ : उद्धव थापा « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

कोशीमा एमाले र काँग्रेसको सरकार बन्न सम्भव छ : उद्धव थापा


२२ भाद्र २०८०, शुक्रबार


काठमाडौँ। कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री उद्धव थापाले नेपाली काँग्रेस र नेकपा एमालेले आधा आधा बाँडेर सरकार चलाउन सम्भव रहेको बताएका छन् ।

नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ ग्रहणपछि पत्रकारसँग थापाले भने, ‘शीर्ष नेतृत्वबाट यस्तो निर्णय हुन सकेको छैन, तर एमाले र काँग्रेसले आधा आधा बाँडेर सरकार चलाउन सम्भव छ ।’

उनले कार्की नेतृत्वको सरकारले ३० दिनभित्रमा विश्वासको मत नपाएमा संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार बन्ने र त्यो सरकारको दाबी गर्न आफूसँग ४७ मत भएको उनले बताए ।

धारा १६८ को उपधारा ५ अनुसारको सरकार आफूले बनाउने र विश्वासको मत नपाए कोशी प्रदेश मध्यावधिमा जाने पनि उनले बताए । तर आफूहरूले सकेसम्म मध्यावधिमा जान नपरे हुन्थ्यो भन्ने चाहेको थापाले स्पष्ट पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस