वडाध्यक्ष रिजालको निधनमा काठमाडौँ महानगरमा आज शोक बिदा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वडाध्यक्ष रिजालको निधनमा काठमाडौँ महानगरमा आज शोक बिदा


२२ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज महानगरपालिका अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिएको छ ।

शुक्रबार काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले बिदा दिने निर्णय गरेको हो ।

शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द हुनेछैन् । रिजालको उपचारको क्रममा हिजो निधन भएको थियो । उच्च ज्वरो र निमोनिया देखिए पछि रिजाललाई ग्रान्डी अस्पताल लगिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस