चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.झा नियुक्त « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.झा नियुक्त


२१ भाद्र २०८०, बिहिबार


काठमाडौँ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झा नियुक्त भएका छन् । मन्त्रिपरिषदको आज (बिहीबार) बसेको बैठकले नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष झालाई रिक्त आयोगको उपाध्यक्षमा नियुक्त गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

झा नेपाली काँग्रेसको कोटाबाट नियुक्त भएका हुन् । क्यान्सर रोग विशेषज्ञसमेत रहेका झा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष भइसकेका छन् । उनी १४ औँ महाधिवेशनमा मधेशी समुदायभित्र कांग्रेसको खुला केन्द्रीय सदस्यको उम्मेदवार थिए । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार उपाध्यक्षको कार्यकाल चार वर्षको हुने व्यवस्था छ । उपाध्यक्ष आयोगको पूरा समय काम गर्ने प्रमुख कार्यकारी पद हो ।

आयोगको उपाध्यक्ष लागि ९ जनाको आवेदन परेको थियो । आवेदन दिनेमा झासँगै, डा. पियुष दाहाल, डा.प्रमोदकुमार यादव, डा. प्रवीण मिश्र, प्रा. डा. मनेनप्रसाद गोर्खाली, डा.विधाननिधि पौडेल, प्रा.डा.श्रीकृष्ण गिरी, प्रा.डा.संगितासिंह भण्डारी र प्रा.डा.सुमनकुमार श्रेष्ठ थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस