प्रधानमन्त्रीको अमेरिका भ्रमणमा को को जाँदै छन् ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्रीको अमेरिका भ्रमणमा को को जाँदै छन् ?


२१ भाद्र २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने ७८ औँ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुने टोलीको तयार भएको छ । पराराष्ट्रमन्त्री एनपी साउदले संसदीय समितिको बैठकमा प्रधानमन्त्रीको अमेरिका जाने टीम तयार भएको जानकारी गराएका हुन् ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिव गंगा दाहाल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव डा. बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याल रहने बताए ।

उनले नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसहितको उक्त प्रतिनिधिमण्डलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, न्यूयोर्कस्थित महावाणिज्यदूतावासका पदाधिकारीलगायत नेपालबाट मिडियाबाट समेत प्रतिनिधि रहने उनको भनाइ छ ।

प्रधानमन्त्रीको टोली भदौ ३० प्रस्थान गर्नेछन् । प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघीय महासभाको उच्चस्तरीय छलफललाई असोज ४ गते नेपालको तर्फबाट सम्बोधन गर्ने उनले बताए । प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिकाबाट सिधै असोज ५ गते चीन भ्रमणमा उतैबाट जानेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस