कृषि गर्नेको संख्या बढ्यो, कृषि गर्ने जमिन घट्यो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कृषि गर्नेको संख्या बढ्यो, कृषि गर्ने जमिन घट्यो


२१ भाद्र २०८०, बिहिबार


काठमाडौँ । नेपालमा कृषि गर्ने जमिन घटेको र कृषि गर्ने जनसंख्या भने बढेको पाइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीवार सार्वजनिक गरेको सातौँ कृषि गणना–२०७८ को तथ्याङ्कअनुसार कृषि गर्ने परिवार सङ्ख्या तीन लाखले बढेको छ ।

नयाँ विवरणअनुसार नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा कृषि गरिएको छ । जुन २०६८ सालको तुलनामा ३ लाख ८ हजार हेक्टरले कम हो ।

अघिल्लो कृषि गणनामा २५ लाख ३१ हजार हेक्टर जमिनमा खेति गरिन्थ्यो ।

नयाँ तथ्यांकअनुसार कृषि गर्ने परिवार संख्या भने ३ लाख परिवारले वृद्धि भएको छ । नया तथ्यांकअनुसार देशभर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन् । २०६८ मा यस्तो परविार संख्या ३८ लाख ३१ हजार थियो ।

२०१८ सालदेखि हरेक १०/१० वर्षमा कृषि गणना गर्दै आएको राष्ट्रिय तथ्याङ्क कार्यालय (साविकको केन्द्रीय तथ्याङ्क विभाग)ले २०७८ चैतदेखि ७७ वटै जिल्लामा कृषि गणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौँ राष्ट्रिय कृषि गणनाको स्थलगत तथ्याङ्क सङ्कलनको काम गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस