‘प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डा फाइनल भएको छैन’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डा फाइनल भएको छैन’


२१ भाद्र २०८०, बिहिबार


काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका एजेण्डा तय भई नसकेको बताएका छन् ।

आज बिहान सिंहदरवारमा बसको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा फाइनल हुन बाँकी रहेको बताएका हुन् ।

भ्रमणको ठूलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जानसक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने बताउँदै उनले भने, ‘अर्थ मन्त्रालयमार्फत विभिन्न मन्त्रालयका प्रस्ताव आउने क्रम जारी छ । अहिले कुनै एजेन्डा फाइनल स्टेजमा पुगिसकेका छैनन् ।’

संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आगामी अक्टुबर ४ तारिखमा न्यूयोर्क जाने २२ तारिखसम्म न्यूयोर्कमा रहने र २३ तारिखमा चीन जाने कार्यतालिका छ ।

Tags :
प्रतिक्रिया दिनुहोस