आज यी प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

आज यी प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना


२१ भाद्र २०८०, बिहिबार


काठमाडौँ ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

यस्तै, आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

राति देशभर आंशिक देखि सामान्य बदली रही कोशी, गण्डकी  र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस