एसिया कप क्रिकेट : पाकिस्तानसँग बङ्गलादेश ७ विकेटले पराजित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एसिया कप क्रिकेट : पाकिस्तानसँग बङ्गलादेश ७ विकेटले पराजित


२१ भाद्र २०८०, बिहिबार


काठमाडौँ । एसिया कप अन्तर्गत सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बङ्गलादेशलाई ७ विकेटले पराजित गरेको छ ।

जितका लागि १ सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३९ ओभर ३ बलमा ३ विकेट गुमाउँदै भेटाएको थियो

पाकिस्तानका इमाम उल हकले सर्वाधिक ७८ रन बनाए । मोहम्मद रिजवान ६३ र अघा सलमान १२ रनमा अविजित रहे । फखार जमाम २० र बाबर आजम १७ रनमा आउट भए । बङ्गलादेशका मेहेदी हसन, शोरिफुल इस्लाम र तस्किन अहमदले एकरएक विकेट लिए । त्यसअघि लाहोरमा टस जितेर पहिला ब्याटिङ गरेको बङ्गलादेश ३८ ओभर ४ बलमा १ सय ९३ रनमा अलआउट भयो ।

बङ्गलादेशका मुश्फिकुर रहिमले सर्वाधिक ६४ रन जोडे । त्यस्तै, कप्तान सकिब अल हसन ५३ रनमा आउट भए । पाकिस्तानका हरिस रौफले ४ तथा नसिम शाहले ३ विकेट लिए ।

सुपर फोरमा पाकिस्तान, बङ्गलादेश, भारत र श्रीलङ्का छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस