डा. कोइरालाको मृत शरीर कोशीको भङ्गालोमा भेटियो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

डा. कोइरालाको मृत शरीर कोशीको भङ्गालोमा भेटियो


२० भाद्र २०८०, बुधबार


सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कोशीको भङ्गालोमा १० दिनदेखि बेपत्ता भएका डाक्टर प्रज्वल कोइरालाको मृत शरीर आज फेला परेको छ । 

झापाको दमक नगरपालिका-१ का डा प्रज्वल कोइराला उदयपुरको बेलका नगरपालिका–८ स्थित एक होटेल अगाडि गाडी राखेर सुनसरी र उदयपुर जोड्ने कोशी पुलमा मोबाइल, जुत्ता राखेर बेपत्ता भएका थिए ।

प्रहरीले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरेको डाक्टर कोइरालाको मृत शरीर सप्तकोसी नदीको भङ्गालो छुटेर टापु बनेको क्षेत्रमा भेटिएको सुरक्षा वेश चतराका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए ।

माछा मार्न गएका स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि गएर हेर्दा डा कोइरालाको फोटोसँग मिल्दो जुल्दो भएको उनले बताए । डाक्टर कोइरालाको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । 

डा. कोइराला भदौ १० गते आइतबार बेलुकी ड्युटी सकेर मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीबाट निस्किएको र सोही दिनको राति २ बजे कोसी पुल नजिकै गाडी राखेर बेपत्ता भएका थिए । प्रेम सम्बन्धमा असफल भएका कारणले कोसीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार : कोशीको पुलमा गाडी छाडेर चिकित्सक बेपत्ता, खोजी कार्य जारी

Tags :
प्रतिक्रिया दिनुहोस