राप्रपा सरकारमा जाने कुरा हल्ला मात्रै हो : महामन्त्री राणा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

राप्रपा सरकारमा जाने कुरा हल्ला मात्रै हो : महामन्त्री राणा


२० भाद्र २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवल शमशेर राणाले राणाले आफूहरू सरकारमा जाने कुरा हल्ला मात्रै रहेको दाबी गरेका छन् । 

राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘हामी सरकारमा जाने हल्ला मात्रै हो । यो आरोप लागेको छ । यसमा कुनै सत्यता छैन । हामीले संसदीय समितिको सभापति पाएकोले यो हल्ला उठेको हो । हामीले पनि संसदीय समितिको सभापति लिने क्रममा बार्गेनिङ त गरेको छैन ? भनेर पनि नेतासँग सोध्यौँ । तर, उहाँहरूले त्यस्तो नभएको बताउनुभयो । समिति भनेको संसद्को हो । एउटा समितिको सभापति पाएको हो ।’ 

उनले सङ्घ र प्रदेश कतै पनि आफ्नो पार्टी सरकारमा सहभागी नजाने स्पष्ट पारे । उनले भने,‘हामीले अहिले सरकारमा जाने गरी छलफल गरेको पनि छैन । जाने मनस्थितिमा पनि छैनौँ ।’

नेपालका लागि चिनियाँ राजदूतको अभिव्यक्तिबारे आपत्ति जनाएका छन् । उनले चिनियाँ राजदूतलाई कूटनीतिक मान र मर्यादामा रहेर मात्र कुरा गर्न चेतावनी दिए । उनले भने,‘म यही क्लबबाट म चिनियाँ राजदूतलगायत सबैलाई आह्वान गर्न चाहन्छु–कूटनीतिक मान, मर्यादामा रहेर मात्रै कुरा गर्नुहोस् । हाम्रो सम्बन्ध हामी कुनै देशसँग बिगार्न चाहँदैनौँ । नेपाल सरकारलाई पनि के आग्रह गर्न चाहन्छु भने कहीँ कतै त्यस्तो देखियो भने तुरुन्तै हामीले अब्जेक्शन र नोट पठाइहाल्नुपर्छ । कोही रिसाउला, कोही खुसाउँला । कसले मन दुखाउला या हाम्रो योजना बिगार्ला भन्ने सोच्नुहुँदैन । त्यस्तो गर्दै गयौँ भने झनझन हामी खाल्डोमा पर्छौँ ।’

सो क्रममा उनले चिनियाँ पक्षले तातोपानी नाका खोलेकोमा भने खुसी व्यक्त गरे । राणाले भारतीय सरकार र नेपालस्थित राजदूतावासलाई नेपाली सवारी साधन भारत जाँदा सुविधा दिन पनि आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस