बालिका बलात्कार कसुरमा एक युवकलाई १८ वर्ष कैद « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बालिका बलात्कार कसुरमा एक युवकलाई १८ वर्ष कैद


२० भाद्र २०८०, बुधबार


काठमाडौँ । उदयपुर जिल्ला अदालतले १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १९ वर्षीय एक युवकलाई १८ वर्ष कैद र रु छ लाख २० हजार जरिवाना गर्ने फैसला गरेको छ । आरोपी  युवक बेलका नगरपालिका-५ बस्ने वर्ष १९ वर्षीय सुशान्त मगर हुन । 

जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजालासले मङ्गलवार सो सजाय सुनाएको जिल्ला अदालतका स्रेस्तेदार भेषराज भट्टराईले बताए । विस २०७८ फागुन १३ गते एक बालिकालाई निज मगरले जबरजस्ती गरेपछि भोलिपल्ट पीडितका आफन्तले रामपुरस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।  प्रहरीले तत्काल मगरलाई पक्राउ गरेर अनुसन्धानपछि चैत ८ गते जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस