महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट : नेपाल र युएई बीचको खेल रद्द « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट : नेपाल र युएई बीचको खेल रद्द


२० भाद्र २०८०, बुधबार


काठमाडौँ । आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल रद्द भएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्र टर्फ क्लबमा तय खेलअघि वर्षा भएपछि खेल सुरु नभई रद्द भएको हो ।

आजको खेलमा विजेता बन्ने टोली यस समूहको समूह विजेता बन्ने समीकरण रहेको थियो । तर, खेल हुन नसकेपछि दुवै टोलीले १र१ अंक बाडेका हुन् ।

अब नेपालले समूह ‘बी’ को विजेतासँग र युएईले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ ।

समूह ‘बी’ बाट थाइल्याण्ड र हङकङ सेमिफाइनल पुगेका छन् । आजै यस समूहका हङकङ र थाइल्याण्ड तथा कुवेत र म्यानमारबीच खेल हुँदैछ । त्यसपछि सेमिफाइनल समीकरण पूरा हुनेछ ।

३ खेल जितेको हङकङ ६ अङ्कसहित शीर्ष स्थानमा छ भने दुई जित र एक खेल नतिजाविहीन भएपछि थाइल्याण्ड ५ अङ्कसहित दोस्रोमा छ ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस