७० वर्षिया खगिमायाले पाइन् नागरिकता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

७० वर्षिया खगिमायाले पाइन् नागरिकता


१९ भाद्र २०८०, मंगलबार


सोलुखुम्बु । सोलुखुम्बुकी ७० वर्षिया खगिमाया राईले नागरिकता पाएकी छिन् । माप्य दुधकोशी गाउँपालिका ७ की राईले ७० वर्षको उमेरमा मंगलवार(आज) जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएकी हुन् ।

आर्थिक अवस्था कमजोरका साथै शारीरिक रूपमा समेत अपांग रहेकी राईलाई वडाको पहलमा नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

नागरिकताकै कारण सरकारी सेवा लिन नपाएका नागरिकहरू नागरिकता पाएपछि सरकारी सेवा पाउने अवसर मिलेको भन्दै खुसी भएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस