चीन र भारत दुवैलाई सन्तुलित रूपले लिइ अगाडि बढ्नुपर्छ : शेरबहादुर देउवा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

चीन र भारत दुवैलाई सन्तुलित रूपले लिइ अगाडि बढ्नुपर्छ : शेरबहादुर देउवा


१९ भाद्र २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताएका छन्।

आज (मंगलवार) काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।

देउवाले चीन र भारत नै नेपालका सधैंका छिमेकी भएकाले सधैं दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताए।

देउवाले देशले अर्को देशसँग साथी बनाउन सक्ने र छिमेकी बनाउन नसक्ने भन्दै भएका दुई छिमेकी देशलाई बुझाएर नेपालले अघि बढ्नुपर्ने बताए।

उनले भने, ‘‍चीन र भारत दुईवटा हाम्रा छिमेकी हुन्, दुवैसँग राम्रो सम्बन्ध राख्नुपर्ने हाम्रो बाध्यता छ। आवश्यकता छ। कोसँग कति बोल्ने कति कुरा राख्ने भन्ने हुन्छ। चीनलाई र भारतलाई दुवैलाई सम्झाउन सकिन्छ। सन्तुलन मिलाएर अघि बढ्नुपर्छ। उनीहरुले भनेको मान्नुपर्छ। सन्तुलन गरेर जानुपर्छ। यसमा नै हाम्रो बुद्धिमता छ। हाम्रा समस्या समाधान गर्नुपर्ने हाम्रो कर्तव्य हो।’

देउवाले सरकार र ब्युरोकेसीबीच एक आपसमा मिलेर मात्रै देश विकास गर्न सकिने पनि बताए।

Tags :
प्रतिक्रिया दिनुहोस