कृषि मन्त्रालयद्वारा खारेजी प्रक्रियामा रहेका कार्यालयहरूको बजेट फुकुवा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कृषि मन्त्रालयद्वारा खारेजी प्रक्रियामा रहेका कार्यालयहरूको बजेट फुकुवा


१७ भाद्र २०८०, आइतबार


काठमाडौँ । सरकारले खारेजीको निर्णय गरेका कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतका कार्यालयको बजेट फुकुवा भएको छ ।

मर्जर तथा खारेजीको प्रक्रिया सुरु नहुन्जेलसम्ममा कार्यालयहरूको काम प्रभावित हुन नदिन यस्तो निर्णय भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्री डा. वेदुराम भुसालले कार्यभार सम्हालेको ५ महिना पुगेको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिईएको हो ।

बजेट घोषणापछि शून्य बजेटको अवस्थामा रहेका कार्यालयहरूको काम प्रभावित भएपछि अर्थ मन्त्रालयसँगको समन्वयमा यस्तो निर्णय भएको मन्त्रालयले जनाएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस