लम्पी स्किन प्रभावितलाई राहत दिने सम्बन्धी कार्यविधि पास गर्न ढिलाइ : कृषिमन्त्री « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

लम्पी स्किन प्रभावितलाई राहत दिने सम्बन्धी कार्यविधि पास गर्न ढिलाइ : कृषिमन्त्री


१७ भाद्र २०८०, आइतबार


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोग प्रभावित किसानलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड स्वीकृत गर्न ढिलाइ भएको स्वीकार गरेका छन् ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भुसालले प्रक्रियागत ढिलाइ भएको बताएका हुन् ।

‘मन्त्रालयबाट पठाइएको प्रस्ताव अर्थ र गृह मन्त्रालयमा प्रक्रियामा रहेको र यो नियतले भन्दा पनि प्रक्रियागत कामका कारण ढिलाइ भएकै हो,’ मन्त्री भुसालले भने, ‘अब छिट्टै पास हुन्छ । किसानले राहत पाउनेछन् ।’

मन्त्री भुसालले लम्पी स्किन नियन्त्रण उन्मुख भएको भन्दै अब सरकारले निःशुल्क खोप उपलब्ध गराउने पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस