मेयरपत्नीमाथि ट्राफिक प्रहरीको व्यवहार खेदजनक : बालेनको सचिवालय « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

मेयरपत्नीमाथि ट्राफिक प्रहरीको व्यवहार खेदजनक : बालेनको सचिवालय


१७ भाद्र २०८०, आइतबार


काठमाडौँ । काठमाडौँका मेयर बालेन्द्र साहले अराजक शैलीमा लेखेको फेसबुक स्टाटसलाई लिएर उत्पन्न विवादका विषयमा उनको सचिवालयले प्रतिक्रिया दिएको छ । सचिवालयका तर्फबाट शाहका स्वकीय सचिव भुपदेव शाहले प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

शाहले विज्ञप्तिमा जनाएअनुसार शनिबार बेलुकी ७ बजे सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता आएर जोखिमयुक्त स्थिति देखिएको थियो । उनलाई काठमाडौँ महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर अस्पताल लगिएको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस