काठमाडौँ । काठमाडौँका मेयर बालेन्द्र साहले अराजक शैलीमा लेखेको फेसबुक स्टाटसलाई लिएर उत्पन्न विवादका विषयमा उनको सचिवालयले प्रतिक्रिया दिएको छ । सचिवालयका तर्फबाट शाहका स्वकीय सचिव भुपदेव शाहले प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
शाहले विज्ञप्तिमा जनाएअनुसार शनिबार बेलुकी ७ बजे सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता आएर जोखिमयुक्त स्थिति देखिएको थियो । उनलाई काठमाडौँ महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर अस्पताल लगिएको विज्ञप्तिमा उल्लेख छ ।

