सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार जना घाइते  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार जना घाइते 


१७ भाद्र २०८०, आइतबार


काठमाडौँ । सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्डको पाँचकिलो भन्ने स्थान नजिकै जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी आज बिहान दुई बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोकका बलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस