संसदीय समितिका निर्देशन सरकारले मान्दैन : सभामुख « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संसदीय समितिका निर्देशन सरकारले मान्दैन : सभामुख


१५ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिका निर्देशन सरकारले कार्यान्वयन नगरेको बताएका छन् । 

काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले समितिले दिएका निर्देशन औपचारिक मात्रै हुने गरेको उनले बताएका हुन् । 

सरकार समितिले दिएका निर्देशन कार्यान्वयन गर्न किन तयार छैन ? भन्दै प्रश्नसमेत उनले गरेका छन् ।

संसद् जनताप्रति उत्तरदायी हुन जरुरी रहेको भन्दै उनले जनताको पक्षमा काम गर्न समयभित्रै ऐन बनाउनुपर्ने बताए । 

देश समृद्ध बनाउन र राष्ट्रको उन्नति गर्न सांसद र संसद् क्रियाशील बन्नुपर्ने बताउँदै सभामुख घिमिरेले देशको पछौटेपन अन्त्य गर्न आर्थिक रूपमा सबल बन्नुपर्नेमा जोड दिए । उनले संसद्लाई सोझै जनताप्रति उत्तरदायी संस्था बनाउन अझै नसकिएको उल्लेख गरेका छन् । 

“हाम्रो देशको सरकार संसद्बाट निर्माण हुन्छ । संसद्प्रति उत्तरदायी हुन्छ,” उनले भने, “संसद् भन्नेबित्तिकै सोझै जनताप्रति उत्तरदायी संस्था हो भन्ने कुरामा अझै पनि गम्भीर बनाउन सकिएको छैन । वा हुन सकेको छैन ।”

Tags :
प्रतिक्रिया दिनुहोस