२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा शुरु

अ+ अ-

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डायलासिस सेवा शुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले सेवाको शुभारम्भ गरेका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिष्ठानमा पहिलो पटक ६ वटा डायलासिस मेशिन समेत उपलब्ध गराएको छ । प्रतिष्ठानमा डायलासिस सेवा उद्घाटन गर्दै मन्त्री बस्नेतले कर्णाली प्रतिष्ठानलाई अन्य प्रतिष्ठान भन्दा बढी र प्राथमिकताका आधारमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका उपकुलपति डाक्टर मङ्गल रावलले पढ्ने र पढाउने भवन अभाव भएको भन्दै पूर्वाधारमा सहयोग गर्न अनुरोध गरे ।

उपकुलपति रावलले ३ सय शय्या बाहेक अन्य भवन नहुँदा चिकित्सकहरू भाडाको घरमा बस्न बाध्य भएकाले समस्या भएको सुनाए । साथै प्रतिष्ठानका जनशक्तिको स्थायित्वको विषयमा जोड दिइनुपर्ने तथा जनशक्तिलाई सुविधा थपिनुपर्नेमा उनले जोड दिए ।

प्रतिष्ठानले जुम्ला चन्दननाथ नगरपालिका ३ चेरे चौरमा ५ सय रोपनी जग्गामा एमविविएस पठाउने जग्गा नागरिकले निःशुल्क उपलब्ध गराएपनि हाल सम्म पनि भवन निर्माणका लागि बनाइएको योजनामा सरकारले प्राथमिकता दिइएको छैन । यस पटकको बजेटमा पनि प्रतिष्ठान प्राथमिकतामा नपरेको गुनासो स्थानीयको छ ।

प्रतिक्रिया दिनुहोस