विप्लव नेतृत्व नेकपाको स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

विप्लव नेतृत्व नेकपाको स्थायी कमिटी बैठक बस्दै


१५ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । आज नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बस्ने भएको छ ।

बैठक शुक्रबार बिहान केन्द्रीय कार्यालय बुद्धनगरमा बस्ने भएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल र अमेरिकी सहयोग परियोजना एमसीसीलगायत चार दलीय समाजवादी मोर्चाको विषयमा पनि छलफल हुनेछ ।

सरकारले एमसीसी कार्यान्वयनमा ल्याएपछि विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चामा असन्तुष्ट बनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस