सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको छ : गृहमन्त्री « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको छ : गृहमन्त्री


१४ भाद्र २०८०, बिहिबार


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताएका छन् ।

बिहीबार नेपाल पर्वतारोहण सङ्घको ३३औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताएका हुन् । जुन प्रवृत्ति र तागतका विरुद्ध सुशासनको अभियान सुरु गरिएको हो सोही प्रवृत्ति र तागतहरू सङ्गठित भएर सरकारको अभियान असफल गर्न लागेको बताए ।

उनले सरकारले सुशासनको अभियानबाट विश्राम नलिने स्पष्ट पारे । यस अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध नेपाल बनाइ छाड्ने दाबी गरे । मन्त्री श्रेष्ठले देशलाई समृद्ध बनाउनका लागि राष्ट्रिय मुद्दाहरूमा सबै राजनीतिक पार्टीहरूले सहमति कायम गर्नुपर्ने बताए ।

उनले भने, “सरकारले अहिले समृद्धिको यात्रा, प्रक्रियालाई तीव्र बनाउने हो भने हामीले सुशासनको अभियानलाई प्रभावकारी ढङ्गले अगाडि नबढाई हुँदैन । भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्ने, दण्डहिनतालाई अन्त्य गर्ने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने, तस्करी, कालाबजारीालाई रोक्ने र त्यसप्रकारको अपराधमा संलग्नहरूलाई कडा कारबाही गर्ने प्रक्रियामा अगाडि बढेर मात्रै यो देशमा सुशासन स्थापित गर्न सकिन्छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस