एसिया कपको दोस्रो खेल खेल्न नेपाली टोली श्रीलङ्कामा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एसिया कपको दोस्रो खेल खेल्न नेपाली टोली श्रीलङ्कामा


१४ भाद्र २०८०, बिहिबार


काठमाडौँ । एसिया कप-२०२३ का लागि नेपाली क्रिकेट टोली श्रीलङ्का पुगेको छ ।

बुधबारदेखि सुरु भएको एसिया कपमा आफ्नो दोस्रो खेलका लागि नेपाली टोली श्रीलङ्का पुगेको हो ।

पाकिस्तानमा बुधबार भएको पहिलो खेलमा नेपाली टिम पाकिस्तानसँगै फराकिलो अङ्कले पराजित भएको थियो ।

नेपाली टोलीलाई श्रीलङ्का क्रिकेटले स्वागत गरेको छ ।

दोस्रो खेल नेपालले यही भदौ १८ गते श्रीलङ्कामा भारतसँग खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस