सभामुखले संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दै « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

सभामुखले संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दै


१३ भाद्र २०८०, बुधबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतका नवनिर्वाचित संसदीय समितिका सभापतिहरूको बैठक बोलाएका छन् ।

सभामुख घिमिरेले आज (बुधबार) बिहान ११ बजे संसद सचिवालय सिंहदरवारमा रहेको कानून समितिको हलमा नवनिर्वाचित सभापतिहरूसँग छलफल कार्यक्रम राखेका हुन् ।

छलफल समितिको काम कारवाहीसहित विषयमा हुने जनाउँदै सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भने, ‘समितिका सभापतिहरू निर्वाचित भएपछि सभामुखले उहाँहरूसँग छलफल गर्न खोज्नु भएको हो ।’

प्रतिनिधिसभाका सबै दश समितिका सभापतिहरू भदौ ११ गते सर्व सहमतिबाट निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस