के यो निर्वाचित राजतन्त्र हो ? « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

के यो निर्वाचित राजतन्त्र हो ?


१२ भाद्र २०८०, मंगलबार


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास, सुन प्रकरणमा संलग्न मन्त्री, पूर्व प्रधानमन्त्रीलाई किन कारबाही भएन ? भन्दै प्रश्न गरेका छन् । 

मङ्गलवार बसेको प्रतिनिधि सभामा उनले भने, ‘ललिता निवासको सरकारी जग्गामा  व्यक्तिको नाममा दर्ता गरिदिने सुन तस्कर र नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न मन्त्री र प्रधानमन्त्रीहरुलाई कारबाही किन भएन ? ’

उनले शासक दलका नेता र प्रधानमन्त्रीहरु अपराधमा संलग्न भएता पनि कारबाही नहुने के यो निर्वाचित राजतन्त्र हो र ? भन्दै प्रश्न समेत गरेका छन्  । 

अरबौँ रुपैयाँको महसुल नबुझाउनेहरू सँग कुन कुन मन्त्रीको साँठगाँठ छ ? छानबिन गरी कारबाही गर्न जरुरी भएको उनको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस