लहान नगरपालिकाले फोहर सङ्कलन गर्न भित्रायो ‘गारवेज ट्रक’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लहान नगरपालिकाले फोहर सङ्कलन गर्न भित्रायो ‘गारवेज ट्रक’


१२ भाद्र २०८०, मंगलबार


गोलबजार । लहान नगरपालिकाले फोहर सङ्कलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ ।लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज ट्रकमा फोहर सङ्कलन गर्न थालिएको जानकारी दिए ।

फोहर सङ्कलन गर्न ट्याक्टरभन्दा ट्रक सजिलो तथा सहज हुने नगरपालिकाले जनाएको छ । पहिलो चरणमा वडा नं १ देखि १० सम्मका फोहर ती ट्रकमा सङ्कलन हुने र बिस्तारै कार्यविधि बनाएर २४ वटै वडाको फोहर सङ्कलन गरिने उनले बताए ।

नगरप्रमुख चौधरीले इन्धनको बचत, ट्रकको बन्द कभर भएपछि फोहर बाटोमा नगन्हाउने र गल्लीमा पनि फोहर सङ्कलनका लागि ट्रक जान सक्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस