शिक्षा शाखा प्रमुखद्वारा उपमेयर विरुद्धको उजुरी  फिर्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शिक्षा शाखा प्रमुखद्वारा उपमेयर विरुद्धको उजुरी  फिर्ता


११ भाद्र २०८०, सोमबार


शिक्षा शाखा प्रमुखद्वारा उपमेयर विरुद्धको उजुरी  फिर्ता

काठमाडौँ । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका शिक्षा शाखा प्रमुखले उपमेयर विमलकुमार पुनविरुद्ध दिएको उजुरी फिर्ता लिएका छन्।  

शिक्षा शाखा प्रमुख नरेन्द्र वली स्वयं जिल्ला प्रहरी कार्यालयमा पुगेर आफूहरूका बीचमा कुरा मिलेको र सहमति भएको भन्दै उजुरी फिर्ता लिएको प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले बताए । 

प्रमुख प्रशासकीय अधिकृत खड्काका अनुसार गत शनिबार बिहान ११ बजेतिर उपमेयर विमलकुमार पुनले शिक्षा शाखा प्रमुख वलीमाथि परीक्षाको विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै हातपात गरेपछि गरेका थिए ।  

शिक्षा शाखा प्रमुख वलीले आफूमाथि हातपात भएको भन्दै उपमेयर पुनविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पुगेर उजुरी दिएको र सहमति पछि मुद्दा फिर्ता लिइएको अधिकृत खड्काले बताए । 

वलीमाथि भएको कुटपिटको विषयमा कर्मचारी आन्दोलनमानसमेत उत्रिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस