काँग्रेसले बिपी साहित्य महोत्सव गर्ने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

काँग्रेसले बिपी साहित्य महोत्सव गर्ने


११ भाद्र २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसले बिपी साहित्य महोत्सव गर्ने भएको छ।

यही भदौ २४ गतेदेखि २६ गतेसम्म बिपी साहित्य महोत्सव गरिने काँग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

साहित्य महोत्सव केन्द्रीय कार्यालय सानेपामा हुनेछ। काँग्रेस केन्द्रीय कार्यालय र नेपाली लेखक सङ्घको संयोजनमा साहित्य महोत्सव गर्न लागिएको हो।

महोत्सवमा सम्भाषण र सत्रहरू हुनेछ। मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, बिपीका आख्यानमा नारी, बिपीका आख्यानमा मधेस, बिपीका दृष्टिमा बिपी, बिपीले नपाएका १५ वर्ष, अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बिपी, समावेशिता, सामाजिक रूपान्तरण र बिपी, युवा स्रष्टामा बिपी पठन र परिवारले बुझेका बिपी कार्यक्रम हुनेछ।

साथै कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनी पनि हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस