भुटानको पारोबाट पोखरा उडान गर्दै ड्रुक एयर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भुटानको पारोबाट पोखरा उडान गर्दै ड्रुक एयर


११ भाद्र २०८०, सोमबार


काठमाडौँ । भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ ।

ड्रुकले ९ सेप्टेम्बर (२३ भदौ)का दिन पारोबाट पोखरा उडान गर्न अनुमति पाएको हो । यो चार्टर्ड उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । ।

प्राधिकरणका अनुसार यो जहाज पोखराबाट पारो नै उड्नेछ । यहाँ न्यारोबडी जहाजले उडान गर्नेछ ।

नयाँ विमानस्थलमा उडान सुरु हुन केही समय लाग्ने भएको र अब भने क्रमशः उडानहरू आउने थालेको बताइएको छ । पोखरामा ड्रुक एयर आउने सुखद: विषय हो, उनले भने, यसले आगामी दिनमा थप जहाजहरू आउने बाटो खुल्ने छ ।’

चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको समेत आश्वासन दिएको प्राधिकरणको भनाई छ ।

अंग्रेजी नयाँ वर्षको दिन पारेर १ जनवरी २०२३ का दिन उद्घाटन भएको यो विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय व्यावसायिक एउटा चार्टर्ड उडान मात्र भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस