पूर्वसचिव भीम उपाध्यायलाई पक्राउ गर्न माग « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पूर्वसचिव भीम उपाध्यायलाई पक्राउ गर्न माग


१० भाद्र २०८०, आइतबार


काठमाडौँ । तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् र तमू प्ये ल्हु सङ्घ चितवनले पूर्वसचिव भीम उपाध्यायलाई पक्राउ गर्न माग गरेका छन् ।

सामाजिक सञ्जालबाट भ्रम फैल्याएको र चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै पूर्वसचिव उपाध्यायलाई पक्राउ गर्न माग माग गरेका हुन् । 

परिषद्की अध्यक्ष विमला देवी गुरुङ र सङ्घका अध्यक्ष लाल प्रसाद गुरुङले संयुक्त विज्ञप्ति जारी गर्दै गुरुङ जातिको परम्परागत संस्कृति र जातीय भाइचारा तथा एकतालाई समेत खलल पुर्‍याउने गरी भरतपुर महानगर १६ निवासी पूर्णीमाया गुरुङको भिडिओ र तस्बिर दुरुपयोग गरी उपाध्यायले ‘गोरु खाने धराने’ भनि फेसबुकमा पोस्ट गरेर चरित्र हत्या गरेको भन्दै कारबाहीको माग गरेका हुन् ।

उनीहरूले सामाजिक एकता भङ्ग गर्ने यस्ता कार्यको घोर भर्त्सना गर्ने जनाउँदै संलग्न व्यक्तिहरू पूर्वसचिव उपाध्याय र सन्तोष रिजाललाई पक्राउ गरी कानूनबमोजिम कारबाहीका लागि माग गरेका हुन् । कारबाही नगरिए पीडितको न्यायका लागि विरोधका कार्यक्रमहरू घोषणा गरिने उनीहरूले चेतावनी दिएका छन् ।

पूर्वसचिव उपाध्यायले फेसबुकमा पूर्णमायाले आफन्तको कार्यक्रममा भोज खाएको भिडिओ राखेर पोस्ट गरेपछि उनले उपाध्यायविरुद्ध जाहेरी दिएकी थिइन् ।

नेपाल सरकारका पूर्व सचिव उपाध्याय केही वर्षयता सामाजिक सञ्जालमा भ्रामक पोस्ट गर्नेमा अग्रपंक्तिमा छन् । उनले यसअघि पनि पटक पटक सर्वसाधारणको चरित्रहत्या हुनेखालका सामग्री सम्प्रेषण गरेको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस