चामल निर्यातमा भारतले लगायो २० प्रतिशत कर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चामल निर्यातमा भारतले लगायो २० प्रतिशत कर


१० भाद्र २०८०, आइतबार


काठमाडौँ । भारतले उसिना चामलमा पनि २० प्रतिशत कर लगाएको छ । शुक्रबारबाट लागू हुने गरी भारतले पहिलो पटक सबै प्रकारका उसिना चामलमा कर लगाएको हो । भारतको सेन्टररल बोर्ड अफ इन्डाइरेक्ट टयाक्स एण्ड कष्टमले शुक्रबार यस्तो निर्णय गरेको हो ।

बास्मती, लङग्रेन र जिरामसिनो सबै प्रकारका उसिना चामल पाइन्छ । भारतको यस्तो निर्णयले नेपाली बजारमा पनि असर गर्न सक्ने अनुमान गरिएको छ । यस अघि भारतले गत महिना बास्मती चामल निर्यातमा रोक लगाएको थियो ।

स्थानीय बजारमा चामलको मूल्य उकालो लागेपछि भारतले यस्तो निर्णय गरेको रोयटर्सले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस