ललिता निवास जग्गा प्रकरणमा संलग्न २९० जनाविरुद्ध मुद्दा दायर « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

ललिता निवास जग्गा प्रकरणमा संलग्न २९० जनाविरुद्ध मुद्दा दायर


१० भाद्र २०८०, आइतबार


काठमाडौँ । ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा २९० जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ ।

काठमाडौँ जिल्ला अदालतका अनुसार उनीहरूमाथि किर्तेमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अभियोजन गर्ने निर्णय गरी अदालत गएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २८६ जनाविरुद्ध किर्ते र सङ्गठित अपराधमा मुद्दा चलाउन राय दिएको थियो । तर सरकारी वकिलले किर्तेमा मात्र मुद्दा चलाएको हो । ब्युरोले दुवै मुद्दा चलाउन राय दिएको थियो । तर सङ्गठित अपराधमा प्रमाण नपुग्ने भन्दै सरकारी वकिल कार्यालयले किर्तेमा मात्र मुद्दा चलाउने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस