एमेच्योर चेस प्रतियोगितामा सहभागी बुद्धिचाल टोली युएई जाँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमेच्योर चेस प्रतियोगितामा सहभागी बुद्धिचाल टोली युएई जाँदै


१० भाद्र २०८०, आइतबार


काठमाडौँ । युनाइटेड अरब इमिरेट्स चेस महासङ्घको आयोजनामा भाद्र ११ गते १७ गतेसम्म हुने एसियन एमेच्योर चेस प्रतियोगितामा सहभागी हुन नेपाली टोली आइतबार युएईको दुबईमा प्रस्थान गर्दै छन् ।

अफिसियल खेलाडीमा २०८० असार ९ गते देखि १३ सम्म धनगढीमा भएको पाचौँ राष्ट्रिय एमेच्योर खुला तर्फका विजेता दोलखाका आशिष फुयाल  र महिला तर्फ विजेता कैलालीकी कुसुम पाण्डे रहेका छन् । अन्य खेलाडीमा धन बहादुर  कैलाली बोगटी, भिमदत्त पाण्डेय, कनचन्पुर राजिव कार्की, दोलखा ,जित बहादुर केपछाकी,  कैलाली , गोविन्दमान श्रेष्ठ दोलखा र भोजराज चौलागाई दोलखा रहेका छन् ।

आषिश फुइयाल २००० रेटेड तर्फ प्रतिस्पर्धा गर्नेछन् भने अन्य सबै खेलाडीहरुले १७०० मुनिको रटिङमा प्रतिस्पर्धा गर्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस