कोशी प्रदेशमा मल कारखाना जरुरी छ : मुख्यमन्त्री थापा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कोशी प्रदेशमा मल कारखाना जरुरी छ : मुख्यमन्त्री थापा


९ भाद्र २०८०, शनिबार


सुन्दरहरैँचा ।  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मल पर्याप्त नपाउँदा किसान मर्कामा परेको उल्लेख गर्दै प्रदेशमा मल कारखाना स्थापना जरुरी रहेको बताएका छन् ।

शनिबार इटहरीमा हुलास वायर इन्डष्ट्रिजको ‘संवर्द्धन समारोह’मा मुख्यमन्त्री थापाले भने, “कोशी प्रदेशमा मल पर्याप्त नपाएको अवस्था छ । समस्या समाधानका लागि प्रदेशमै मल कारखाना सञ्चालन जरुरी छ ।” यसका लागि उनले हुलास कम्पनीलाई मल कारखाना स्थापना गर्न आग्रह समेत गरे ।

कोशी प्रदेशका किसानका समस्या जटिल रहेका भन्दै उनले राज्यले ती समस्या सम्बोधन गर्न नसकेको बताए । मुख्यमन्त्री थापाले भने, “कोशी प्रदेशमा मल कारखानाको स्थापनाका लागि हुलास कम्पनीले सहयोग गरोस्, राज्यको तर्फबाट आवश्यक समन्वय तथा सहकार्य हुन्छ ।” 

Tags :
प्रतिक्रिया दिनुहोस