२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सद्भाव भड्काएर राजनीतिको रोटी सेक्न हुँदैन : रवि लामिछाने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक तथा जातीय सद्भाव भड्काएर राजनीतिको रोटी सेक्ने काम हुन लागेको आरोप लगाएका छन् । टोखा नगरपालिकामा शनिबार बिहान आयोजना गरिएको पार्टीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले सामाजिक र जातीय सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका हुन् ।

प्रमुख राजनीतिक दलहरू सुन,भ्रष्टाचार लगायतका काण्ड ढाकछोप गर्न लागि परेको आरोप लगाउँदै लामिछानेले जातीय, क्षेत्रिय तथा धार्मिक द्वन्द्वको भुमरीमा मुलुकलाई धकल्ने काम नगर्न आग्रह गरे । ‘आज जातीय सद्भाव भड्काउन पाइयो भने भ्रष्टाचारका यत्रा काण्डहरू सामसुम/थामथुम हुन्छ होला भनेर त्यतातिर आगो झोसिरहेका छन्,’ उनले भने,‘खबरदार त्यो आगोमा पेट्रोल र मट्टितेल हाल्ने काम कसैले नगर्नु होला ।’

समाजिक सद्भाव कायम गर्न आफू पानी हाल्न तयार रहेको जनाउँदै उनले सबैलाई कानूनको पालना गर्न आग्रह गरे । ‘कानून विपरीत कार्य हामी कसैले पनि गर्न हुँदैन । त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा सद्भाव खलबल्याउने कुरा,एक अर्काको विचमा बैमनस्यता खडा गर्ने कुरा र त्यसबाट राजनीतिको रोटी सेक्ने काम कसैले पनि गर्न हुँदैन ।’

उनले समाजको सद्भाव खलबल्याउनेबाट सचेत हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा लेखिएका कुराको पछि लाग्न नहुने बताए । त्यस्तै उनले सबै मिलेर बेथितिको विरुद्ध लड्नुपर्नेमा जोड दिए । ‘हाम्रो दुस्मनी भनेको एक अर्काको होइन,एउटा जाति र अर्को जाति के यो नेपालीको दुस्मन हो? एउटा समुदाय अर्को समुदायको दुस्मन हो ? हाम्रो साझा दुस्मन गरिबी, अशिक्षा र बेरोजगार हो । हरेक एक नेपालीको साझा दुस्मन त्यही हो । हाम्रो लडाइँ त्यो दुस्मनसँग हो, एक अर्कासँग होइन ।’
।’

प्रतिक्रिया दिनुहोस