केही वर्षभित्रै राजसंस्था पुनः स्थापना गर्छौँ : कमल थापा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

केही वर्षभित्रै राजसंस्था पुनः स्थापना गर्छौँ : कमल थापा


८ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले केही वर्ष भित्रमै राजसंस्था पुनः स्थापना गर्ने घोषणा गरेका छन्। 

शुक्रबार राजधानीमा केन्द्रीय कार्यसमितिको निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्था पुनः स्थापित गर्दै नेपाललाई हिन्दु राष्ट्र बनाउने घोषणा गरेका हुन्। 

‘केही वर्षभित्रमा नै राजसंस्था पुनः स्थापना गर्नेछौँ र नेपाललाई हिन्दु राष्ट्र बनाउनेछौँ। राजसंस्थाको एजेण्डालाई मुख्य एजेण्डा बनाउने र त्यो एजेण्डा पूरा गर्न आन्दोलनको घोषणा रहर पूरा गर्न मात्र होइन। ,हाम्रो सोख र लहडले गरिएको होइन। यो कसैका विरुद्ध लक्षित छैन। यो रणनीतिक योजना पनि होइन। यो काँग्रेस, एमाले, माओवादी वा राप्रपा नेपाल भएर होइन। राष्ट्रलाई माया गर्ने नेपाली भएर छातीमा हात राखेर सोचौँ,’उनले भने। 

अध्यक्ष थापाले तीन दलका शीर्ष नेताहरूलाई विगतका घटनाक्रमबारे आत्मसमीक्षा गर्न पनि आग्रह गरेका छन्। उनले अहिलेको अवस्थाबारे पुनर्विचार गर्नका लागि आग्रह गरेका हुन्। 

Tags :
प्रतिक्रिया दिनुहोस