‘ललिता निवासमा माधव नेपाललाई अदालतले दोषी भनेपनि जनताले पत्याउँदैनन्’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘ललिता निवासमा माधव नेपाललाई अदालतले दोषी भनेपनि जनताले पत्याउँदैनन्’


८ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पार्टीलाई कमजोर बनाउनको लागि ललिता निवास जग्गा प्रकरणमा माधव नेपाललाई फसाउन खोजेको आरोप लगाएका छन् ।

पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अदालतले दोषी भएपनि जनताले नपत्याउने बताए ।

उनले भने, ‘समकालीन नेताहरूमा सबैभन्दा स्वच्छ छविको नेता हुनुहुन्छ । कमी होलान् तर, भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसाबले कसैले माधव नेपाललाई प्रश्न उठाउन सक्दैन । त्यसका विरुद्धमा छौँ हामी। कसैले आरोप लगाउँदैमा प्रमाणित हुँदैन। यो षड्यन्त्रको कडी हो ।’

गठबन्धन र नेकपा एसलाई कमजोर बनाउन आएको षड्यन्त्र भएकाले यसको प्रतिवाद गर्न आफूहरू सक्षम रहेको बताए। उनले अदालतको षडयन्त्र पनि चकनाचुर पार्ने घोषणा गरे । उनले सबैभन्दा क्लिन नेताहरू नेकपा एसमै भएको दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस