चलचित्र ‘महानगर’ आजबाट प्रदर्शनमा  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चलचित्र ‘महानगर’ आजबाट प्रदर्शनमा 


८ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय महोत्सवमा प्रदर्शन भएर चर्चा कमाएको चलचित्र ‘महानगर’ आजदेखि प्रदर्शनमा आउँदै छ । 

माउन्टेन रिभर फिल्म तथा गो विन प्रोडक्सनसँग मिलेर मिडल वे फिल्मस्को ब्यानरमा बनेको फिल्ममा कर्मा र मेनुका प्रधानको मुख्य भूमिका छ । 

मोहन राईको निदेर्शनमा बनेको चलचित्रमा सहरीकरण र त्यसका समस्याको सेरोफेरो समेटिएको छ । 

काठमाडौं शहरमा १ साँझ हुने दुई अपरिचित व्यक्तिको भेट र त्यसका कारण हुने प्रसङ्गहरू समेटिएको यो फिल्मले समीक्षात्मक रूपमा निकै राम्रो प्रतिक्रिया पाएको निर्माण पक्षको दाबी छ । 

सन् २०२१ मा कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमार्फत विश्वभर प्रिमियर भएको फिल्मले त्यसपश्चात् धेरै महोत्सवहरूमा प्रदर्शन भइसकेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस