सुशासन केन्द्रद्वारा ६५ जना अधिकृतस्तरका कर्मचारीहरू‌का लागि सेवाकालीन तालिमको शुभारम्भ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुशासन केन्द्रद्वारा ६५ जना अधिकृतस्तरका कर्मचारीहरू‌का लागि सेवाकालीन तालिमको शुभारम्भ


८ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको प्रदेश सुशासन केन्द्र, जावलाखेल, ललितपुरले प्रदेश र स्थानीय तहमा कार्यरत ६५ जना अधिकृतस्तरका कर्मचारीहरू‌का लागि ३५ कार्यदिनको सेवाकालीन तालिमको शुभारम्भ गरेको छ ।

बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौडा परिसरमा रहेको केन्द्रको तालिम हलमा प्रमुख सचिव घनश्याम उपाध्यायले ‘सार्वजनीक प्रशासन र विकास व्यवस्थापन’ विषयक सेवाकालीन तालिमको समुद्‌घाटन गरेका हुन् । तालिममा विभिन्न निकायमा कार्यरत छैठौं तहका प्राविधिक तथा अप्राविधिक अधिकृतहरू सहभागी रहेका छन् ।

साथै, बागमती प्रदेशमा पर्ने स्थानीय तहमा कार्यरत सातौं आठौं तहका अधिकृतहरूका लागि केन्द्रको जावलाखेलस्थित तालिम हलमा ळ्संचालित ‘विकास व्यवस्थापन तथा सेवा प्रवाह’ विषयक तालिमको बागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव शिवराम गेलालबाट शुभारम्भ भएको छ ।

केन्द्रका कार्यकारी निर्देशक गोपाल कृष्ण न्यौपानेले सुशासन, विकास र सेवाप्रवाहका लागि आवश्यक पर्ने ज्ञान, सीप र अनुभव अभिवृद्धिका लागि सेवाकालीन तालिम उपयोगी हुने विचार व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस